लस एन्जलिस । यस वर्षको ९६ औं संस्करणको ओस्कार अवार्ड सोमबार बिहान लस एन्जलिसको डल्बी थिएटरमा आयोजना गरिएको छ । अवार्ड समारोहमा फिल्म ‘ओपेनहाइमर’ले सर्वाधिक ७ विधामा अवार्ड जितेको छ । फिल्मले ‘बेस्ट पिक्चर’को अवार्ड जित्दा फिल्मका लागि निर्देशक क्रिस्टोफर नोलेनले ‘बेस्ट डिरेक्टर’, किलियन मर्फेले ‘बेस्ट एक्टर’ र रोबर्ट डाउनर जुनियरले ‘बेस्ट सपोर्टिङ एक्टर’ विधाको अवार्ड चुमे ।
यो फिल्म आवणिक बमका आविस्कारक भौतिकशास्त्री रोबर्ट जे ओपेनहाइमरको जीवनीमा आधारित छ । किलियन ओस्कार अवार्ड जित्ने पहिलो आइरिस अभिनेता हुन् । किलियनले फिल्ममा ओपेनहाइमरको शीर्ष भूमिकामा अभिनय गरेका छन् । फिल्ममा रोबर्ट डाउने जुनियरले अमेरिकी सरकारी अधिकारी लुईस स्ट्रसको भूमिकामा अभिनय गरेका छन् । ‘ओपेनहाइमर’ ले ‘बेस्ट इडिटिङ’, ‘ओरिजिनल स्कोर’ र ‘सिनेमाटोग्राफी’ विधाको अवार्ड पनि जितेको थियो ।
कार्यक्रम अघि रेड कार्पेटको आयोजना गरिएको छ । हेरौँ केही तस्बिर :
तस्बिरहरु : रोयटर्स