राजनीति आफैमा नीतिहरूको उच्चतम स्वरूप हो वा भनौं राजा हो। तर यसलाई चलाउने पद्धति र ब्यक्ति खराब भयमा वर्तमान नेपालको अवस्था हुन सक्छ। ग्रिसका राजनेता सिसिरोले डेमोकेल्जमको तरवार शासकहरूको शिर माथि हुन्छ भनेर शासकहरूलाई होसियार हुन आह्वान गरेका छन्। संसार भरका इतिहाँस ले दुई कुरा प्रष्ट पारेका छन्। एक व्यवस्थाको असफलता दुई व्यक्तिको अकर्मण्यता।
प्राचीन काल देखि नै राजनीतिमा विभन्न प्रयोग हुँदै आयका छन्। ग्रीसमा सुरु भई सकेको गणतन्त्र ग्रीस राज्यको पतन सँगै समाप्त हुन्छ। ओलिभर क्राम्वेल ले ब्रिटेनमा ल्याएको गणतन्त्र दश बर्ष पनि टिक्न सकेन। यसरी व्यक्तिमा देखा पर्ने पुरातनवादी तथा नबसंशोधनवादी संकृतिले समाजमा ठीक ढंगको एक रुपता हुनसक्दैन। मानव अरु जनावर भन्दा Propertionally Brain मा ठूलो छ। त्यसैले मानव यौटै स्थितिमा सधैं रहन सक्दैन। उसले नयाँ नयाँ आविष्कार र प्रयोग गरी रहन्छ। अझै म्याण्डलको प्रयोग पछि त व्यक्तिका क्षमता पनि फरक प्रकारका हुन्छन्।
यसको सार मानव चेतनशील प्राणी हो र ऊ नयाँ र उत्कृष्ट व्यवस्था चाहन्छ भन्ने हो। वर्तमान जगतमा सारत: दुईटा विश्व व्यवस्था कायम रहेका छन्। यौटा बजार नियन्त्रित अर्थ व्यवस्था मार्फत व्यक्तिले चरम नाफा कमाउने र दोस्रो समान वितरणका आधारमा समाजमा सामञ्जस्यता ल्याउने। हाल २१ औं सताब्दीमा आएर पनि चरम गरिबी अनि पीडा युक्त जीवन भोग्नको मुख्य कारण सीमित व्यक्तिमा अधिकांश पुँजी हुनु हो। जसलाई पूँजीवाद भनेर चिनिन्छ। यसको प्रमुख चरित्र नै श्रमिकहरु लाई चरम शाररिक यवम मानसिक यातना दिएर मालिकहरुलाई पोस्नु हो। नवउदारवादी अर्थ व्यवस्था मालिकहरुको रजाइँ गर्ने थलो हो। यो कैयु पटक आयका संकटका बावजूद पनि वर्तबान विश्वमा चलिरहेको छ। यसको ठीक विपरीत समाजमा समान वितरण गरेर सम्पूर्ण जगतलाई यस्तो त्रासदी पूर्ण गरिबी र भोकमारीबाट समानताको बाटो तर्फ लाने व्यवस्था भनेको समाजवादी व्यवस्था हो जुन बिस्तारै साम्यवाद तिर जान्छ। क्रमसः डा. हेमन्त राज जोशी