ललितपुर महानगरपालिका प्रमुख महर्जन र न्यूयोर्कका पर्यटन प्रवर्द्धक श्रेष्ठबिच भेटवार्ता

काठमाडौँ । ललितपुरमा विदेशी पर्यटकहरुको सङ्ख्या बढाउने र पर्यटकमैत्री वातवरण निर्माण गर्ने विषयमा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन र  न्युयोर्कका नवनियुक्त पर्यटन प्रवर्द्धक गोकुल श्रेष्ठबिच छलफल भएको छ । 

Tata

अमेरिकाको न्युयोर्कमा भएको भेटमा महानगर प्रमुख महर्जन र पर्यटन प्रवद्र्धक श्रेष्ठले पर्यटन क्षेत्रमा गर्न सकिने सहकार्यबारे छलफल भएको श्रेष्ठले जानकारी दिए । भेटवार्तामा महानगर प्रमुख महर्जनले ललितपुर महानगरपालिकालाई पर्यटक मैत्री सहरका रुपमा विकास गरिएको र थप गन्तव्यहरु पहिल्याउने काम तीव्र बनाइएको बताएका थिए ।

Shivam Cement

दुई पक्षीय भेटमा प्रवद्र्धक श्रेष्ठले पर्यटकका लागि आवश्यक सूचना र सडक सुरक्षाका विषयमा चासो राखेका थिए । महानगरपालिकाले नेपाल अवतरण गर्ने हरेक विमानमा  ललितपुर महानगरपालिकाका पर्यटकीय क्षेत्रका बारेमा जानकारी दिने पुस्तिका राख्ने प्रक्रिया थालिएको उनले जानकारी दिए । उनले सडकलाई सुरक्षित बनाउनका लागि महानगरले विभिन्न योजना अघि बढाएको समेत बताए ।

Nabil bank

पुरातात्विक क्षेत्र, कला र संस्कृतिका धरोहरहरुको पुनः निर्माण र संरक्षणमा शून्य सहनशीलता अपनाइएको भन्दै अन्तरराष्ट्रिय क्षेत्रमा व्यापक प्रचारप्रसारको खाँचो रहेको उनको भनाइ थियो । भेटवार्तामा पर्यटन प्रवद्र्धक श्रेष्ठले यसका लागि आफूले सक्दो प्रयास गर्ने आश्वासन दिए । प्रमुख महर्जन विश्व बैङ्कले आयोजना गरेको यातायात व्यवस्थापनसम्बन्धी कार्यक्रममा सहभागी हुन अमेरिका पुगेका हुन् ।

Nobel Medical college

source link

छुटाउनुभयो कि ?

भारत-नेपाल सम्बन्ध: ऐतिहासिक गाँठो

भारत र नेपालबीचको सम्बन्ध ऐतिहासिक, सांस्कृतिक र धार्मिक रूपमा गाँसिएको छ। खुला सिमाना, जनस्तरको घनिष्ठ सम्बन्ध, र विविध क्षेत्रमा सहकार्यले यी दुई देशबीचको सम्बन्धलाई विशेष बनाएको छ। सहकारिताका क्षेत्रहरू चुनौतीहरू…

संक्रमणकालीन न्याय : नेपालको चुनौती

नेपालले सशस्त्र द्वन्द्वको अन्त्यपछि संक्रमणकालीन न्यायको जटिल बाटो पार गरिरहेको छ। यस प्रक्रियामा सत्य, न्याय, क्षतिपूर्ति र पुनर्मिलनका मुद्दाहरू समावेश छन्। चुनौतीपूर्ण यात्रा पीडितको अपेक्षा सबैभन्दा महत्वपूर्ण कुरा पीडितहरूले न्याय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?

शेख हसिना बंगलादेशबाट भाग्नु अघि राजीनामा दिएकी थिइनन्, छोरा साजिब वाजेदको दाबी

शेख हसिना बंगलादेशबाट भाग्नु अघि राजीनामा दिएकी थिइनन्, छोरा साजिब वाजेदको दाबी

विनेश फोगाटको ओलम्पिक सपना आज पूरा हुन्छ कि टुक्रिन्छ ?

विनेश फोगाटको ओलम्पिक सपना आज पूरा हुन्छ कि टुक्रिन्छ ?

भारत-नेपाल सम्बन्ध: ऐतिहासिक गाँठो

भारत-नेपाल सम्बन्ध: ऐतिहासिक गाँठो

संक्रमणकालीन न्याय : नेपालको चुनौती

संक्रमणकालीन न्याय : नेपालको चुनौती

चुनौतीपूर्ण बनेको मनसुन

चुनौतीपूर्ण बनेको मनसुन

नेपाली खेलकुदमा उतारचढाव

नेपाली खेलकुदमा उतारचढाव

नेपाली खेलकुदमा दुई धार : सफलताको खुशी र हारको निराशा

नेपाली खेलकुदमा दुई धार : सफलताको खुशी र हारको निराशा

चक्रपथ विस्तारमा चासो : काठमाडौं सांसदहरूद्वारा प्रश्न

चक्रपथ विस्तारमा चासो : काठमाडौं सांसदहरूद्वारा प्रश्न