विश्वकपका लागि सन्न्यास फिर्ता लिए आमिरले

इस्लामवाद । पाकिस्तानका फास्ट बलर मोहम्मद आमिरले पाकिस्तान क्रिकेट बोर्डसँगको वार्तापछि आईसीसी टी–२० विश्वकपका लागि फेरि मैदानमा फर्कने तयारी गरेका छन् । आमिरले सन् २०२१ मा अन्तर्राष्ट्रिय क्रिकेटका सबै फर्म्याटबाट सन्न्यास लिएका थिए ।

३१ वर्षीय फास्ट बलर हालै पाकिस्तान सुपर लिगमा क्वेटा ग्लाडिएटर्सबाट खेलेका थिए । उनले ९ खेलमा ८.४१ को इकोनोमी रेटमा १० विकेट लिए ।

आमिरले सामाजिक सञ्जालमा पोस्ट लेख्दै टी–२० विश्वकप खेल्ने इच्छा व्यक्त गरेका छन् । उनले लेखेका छन्, ‘म अझै पनि पाकिस्तानका लागि खेल्ने सपना देख्छु। जीवनले हामीलाई यस्तो मोडमा ल्याउँछ जहाँ हामीले हाम्रा निर्णयहरूमा पुनर्विचार गर्नुपर्छ।’

‘म र पीसीबीबिच केही सकारात्मक कुराकानी भएको छ, जहाँ उहाँहरूले सम्मानजनक रूपमा मलाई महसुस गराउनुभयो कि म आवश्यक छु र म पाकिस्तानका लागि खेल्न सक्छु,’ उनले भने, ‘मेरो परिवार र शुभचिन्तकहरूसँग कुरा गरेपछि, म भन्न चाहन्छु – म टी-२० विश्वकप खेल्न उत्सुक छु। म विश्वकपका लागि उपलब्ध छु। म यो मेरो देशको लागि गर्न चाहन्छु।’

छुटाउनुभयो कि ?

शेख हसिना बंगलादेशबाट भाग्नु अघि राजीनामा दिएकी थिइनन्, छोरा साजिब वाजेदको दाबी

ढाका – लामो समयदेखि बंगलादेशको नेतृत्व गरिरहेकी प्रधानमन्त्री शेख हसिनाले देशबाट भाग्नु अघि औपचारिक रूपमा राजीनामा दिन भ्याएकी थिइनन् भन्ने दाबी उनका छोरा साजिब वाजेदले गरेका छन्। शनिवार बिहान रोयटर्ससँगको…

विनेश फोगाटको ओलम्पिक सपना आज पूरा हुन्छ कि टुक्रिन्छ ?

काठमाडौं । भारतीय कुस्तीकी चर्चित खेलाडी विनेश फोगाटको ओलम्पिक सपना आज पूरा हुने कि टुक्रिने भन्ने निर्णायक दिन हो । पेरिस ओलम्पिकको कुस्ती स्पर्धामा रजत पदकको नजिक पुगे पनि तौल…

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?

नेपाली राजनीतिको वृदुपिकरण

शेख हसिना बंगलादेशबाट भाग्नु अघि राजीनामा दिएकी थिइनन्, छोरा साजिब वाजेदको दाबी

शेख हसिना बंगलादेशबाट भाग्नु अघि राजीनामा दिएकी थिइनन्, छोरा साजिब वाजेदको दाबी

विनेश फोगाटको ओलम्पिक सपना आज पूरा हुन्छ कि टुक्रिन्छ ?

विनेश फोगाटको ओलम्पिक सपना आज पूरा हुन्छ कि टुक्रिन्छ ?

भारत-नेपाल सम्बन्ध: ऐतिहासिक गाँठो

भारत-नेपाल सम्बन्ध: ऐतिहासिक गाँठो

संक्रमणकालीन न्याय : नेपालको चुनौती

संक्रमणकालीन न्याय : नेपालको चुनौती

चुनौतीपूर्ण बनेको मनसुन

चुनौतीपूर्ण बनेको मनसुन

नेपाली खेलकुदमा उतारचढाव

नेपाली खेलकुदमा उतारचढाव

नेपाली खेलकुदमा दुई धार : सफलताको खुशी र हारको निराशा

नेपाली खेलकुदमा दुई धार : सफलताको खुशी र हारको निराशा