मैत्रीपूर्ण खेलमा जर्मनीसँग फ्रान्स २–० ले पराजित

काठमाडौँ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा जर्मनीले फ्रान्सलाई पराजित गरेको छ । शनिबार राति भएको खेलमा फ्रान्सलाई पाहुना टोली जर्मनीले २–० गोल अन्तरले पराजित गरेको हो । जर्मनीका लागि फ्लोरियन विट्जले खेल सुरु भएको पहिलो ८ सेकेन्डमै गोल गर्दै अग्रता दिलाएका थिए । 

उनले टोनी क्रसको पासमा गोल गर्दै सुरुमै जर्मनीलाई अग्रता दिलाए । उनको यो पहिलो अन्तर्राष्ट्रिय गोल पनि हो ।  ४९ औँ मिनेटमा केइ हार्भाटेजले जमाल मुसेलाको पासमा गोल गर्दै जर्मनीलाई २–० गोलले अघि बढाए । त्यसपछि केलियन एम्बापेको टोलीले कमब्याक गर्न नसक्दा अन्ततः जर्मनी २–० गोल अन्तरले विजयी भयो ।

यस्तै, मैत्रीपूर्ण खेलमा ब्राजिलले इंग्ल्याण्डलाई पराजित गरेको छ । इंग्ल्याण्डको बेम्बली रंगशालामा भएको खेलमा ब्राजिलले १–० को जित निकालेको हो । बराबरीतर्फ उन्मुख खेलमा ब्राजिलले ८० औँ मिनेटमा गोलको खडेरी तोडेको थियो । ब्राजिलका एन्ड्रिक फिलिपेले गेको एकमात्र गोल नै निर्णायक बन्यो ।

अन्य खेलमा अर्जेन्टिाले एल साल्भाडोरलाई ३–० ले पराजित गर्दा पेरुले निकारागुवालाई २–० ले पराजित गरेको थियो । त्यसैगरी जाम्बिया र जिम्बाबेले २–२ गोलेको बराबरी खेल्दा केन्याले मलावीलार्य ४–० ले स्तब्ध बनायो । त्यस्तै, आइभरी कोस्टले बेनिनसँग २–२ गोलको बराबरी खेल्दा आयरल्याण्डले बेल्जियमसँग गोलरहित बराबरी खेल्यो । 

्अस्ट्रियाले स्लोभाकियालाई २–०ले पराजित गर्दा डेनमार्क र स्वीट्जरल्याण्डले गोलरहित बराबरी खेलेका थिए । ट्युनेसिया र क्रोएशियाले गोलरहित बराबरी खेल्दा रिपब्लिक डोमिनिकनले अरुबालाई २–० गोल अन्तरले पराजित गरेको थियो । 

छुटाउनुभयो कि ?

शेख हसिना बंगलादेशबाट भाग्नु अघि राजीनामा दिएकी थिइनन्, छोरा साजिब वाजेदको दाबी

ढाका – लामो समयदेखि बंगलादेशको नेतृत्व गरिरहेकी प्रधानमन्त्री शेख हसिनाले देशबाट भाग्नु अघि औपचारिक रूपमा राजीनामा दिन भ्याएकी थिइनन् भन्ने दाबी उनका छोरा साजिब वाजेदले गरेका छन्। शनिवार बिहान रोयटर्ससँगको…

विनेश फोगाटको ओलम्पिक सपना आज पूरा हुन्छ कि टुक्रिन्छ ?

काठमाडौं । भारतीय कुस्तीकी चर्चित खेलाडी विनेश फोगाटको ओलम्पिक सपना आज पूरा हुने कि टुक्रिने भन्ने निर्णायक दिन हो । पेरिस ओलम्पिकको कुस्ती स्पर्धामा रजत पदकको नजिक पुगे पनि तौल…

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?

शेख हसिना बंगलादेशबाट भाग्नु अघि राजीनामा दिएकी थिइनन्, छोरा साजिब वाजेदको दाबी

शेख हसिना बंगलादेशबाट भाग्नु अघि राजीनामा दिएकी थिइनन्, छोरा साजिब वाजेदको दाबी

विनेश फोगाटको ओलम्पिक सपना आज पूरा हुन्छ कि टुक्रिन्छ ?

विनेश फोगाटको ओलम्पिक सपना आज पूरा हुन्छ कि टुक्रिन्छ ?

भारत-नेपाल सम्बन्ध: ऐतिहासिक गाँठो

भारत-नेपाल सम्बन्ध: ऐतिहासिक गाँठो

संक्रमणकालीन न्याय : नेपालको चुनौती

संक्रमणकालीन न्याय : नेपालको चुनौती

चुनौतीपूर्ण बनेको मनसुन

चुनौतीपूर्ण बनेको मनसुन

नेपाली खेलकुदमा उतारचढाव

नेपाली खेलकुदमा उतारचढाव

नेपाली खेलकुदमा दुई धार : सफलताको खुशी र हारको निराशा

नेपाली खेलकुदमा दुई धार : सफलताको खुशी र हारको निराशा

चक्रपथ विस्तारमा चासो : काठमाडौं सांसदहरूद्वारा प्रश्न

चक्रपथ विस्तारमा चासो : काठमाडौं सांसदहरूद्वारा प्रश्न