सहकारीको रकम हिनामिना : छानबिन समितिको कार्यादेश टुङ्गो लगाउन कार्यदलको बैठक जारी

काठमाडौँ / सहकारी संस्थाको रकम हिनामिना भएको सम्बन्धमा छानबिन गर्न गठन हुने संसदीय समितिको कार्यादेश टुङ्गो लगाउन गठित कार्यदलको बैठक कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा जारी छ ।

बिहीबारको बैठकमा कार्यदलका सदस्यहरूबीच छलफल भए पनि सहमति नजुटेपछि आज पुनः बैठक भएको हो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारीको रकम हिनामिनामा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने संलग्न रहेको आरोप लगाउँदै उहाँको नाम किटानीका साथ कार्यादेश बनाउनुपर्ने मागबाट पछि नहट्दा सहमति हुन सकेको छैन । 

संसद्मा प्रतिनिधित्व गरेका राजनीतिक दलका शीर्ष नेताहरूको गत शनिबारको बैठकले संसदीय छानबिन समिति बनाउने सहमति गर्दै त्यसको कार्यादेश टुङ्गो लगाउन कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीको संयोजकत्वमा चार सदस्यीय कार्यदल गठन गरेको थियो । 

कार्यदलका अन्य सदस्यमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का प्रमुख सचेतक महेश बर्तौला, नेपाली कांग्रेसका सहमहामन्त्री एवं सांसद जीवन परियार र सांसद ज्ञानेन्द्रबहादुर कार्की तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल हुन् । 

छुटाउनुभयो कि ?

असन्तुष्टि : सरकारको बजेटप्रस्ताव विवादमा

सरकारद्वारा प्रस्तुत बजेटप्रस्तावप्रति व्यापक असन्तुष्टि व्यक्त सरकारले सार्वजनिक गरेको चालू आर्थिक वर्षको बजेटप्रस्तावप्रति व्यापक असन्तुष्टि व्यक्त हुँदै आएको छ। प्रतिपक्षी दलका नेताहरूदेखि सत्तारूढ दलभित्रै असन्तुष्टिका स्वरहरू उठिरहेका छन्। विपक्षी दलको…

ज्योति विकास बैंकद्वारा वित्तीय साक्षरताका विभिन्न कार्यक्रम सम्पन्न

काठमाडौँ । ज्योति विकास बैंकले ग्लोबल मनी विक अभियान अन्तर्गत विभिन्न स्थानहरुमा वित्तीय साक्षरता कार्यक्रमहरु सम्पन्न गरेको छ । कार्यक्रम अन्तर्गत बैंकका प्रादेशिक तथा क्लस्टर कार्यालयहरु अन्तर्गत रहेका विभिन्न शाखा…

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?

नेपाली खेलकुदमा उतारचढाव

नेपाली खेलकुदमा उतारचढाव

नेपाली खेलकुदमा दुई धार : सफलताको खुशी र हारको निराशा

नेपाली खेलकुदमा दुई धार : सफलताको खुशी र हारको निराशा

चक्रपथ विस्तारमा चासो : काठमाडौं सांसदहरूद्वारा प्रश्न

चक्रपथ विस्तारमा चासो : काठमाडौं सांसदहरूद्वारा प्रश्न

दुधको रकम नपाएपछि दुग्ध उत्पादक किसानको आन्दोलन

दुधको रकम नपाएपछि दुग्ध उत्पादक किसानको आन्दोलन

असन्तुष्टि : सरकारको बजेटप्रस्ताव विवादमा

असन्तुष्टि : सरकारको बजेटप्रस्ताव विवादमा

विपद्‌ : ताप्लेजुङमा पहिरो र बाढीले ८१ परिवार विस्थापित (Taplejungma Pahilo ra Batule 81 Pariwar Wistthapit)

विपद्‌ : ताप्लेजुङमा पहिरो र बाढीले ८१ परिवार विस्थापित (Taplejungma Pahilo ra Batule 81 Pariwar Wistthapit)

पृथ्वी जोगाउने प्रण गरौं

पृथ्वी जोगाउने प्रण गरौं

७२ जिल्लामा फैलियो डेंगी, मुलुकभर १२ सयभन्दा बढी संक्रमित

७२ जिल्लामा फैलियो डेंगी, मुलुकभर १२ सयभन्दा बढी संक्रमित