महाजात्रा हेरेपछि ओलीको प्रतिक्रिया– ‘बाटो बिराएकालाई सही मार्गमा हिँड्न प्रेरणा दिन्छ’

sagarmatha cement

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीमती राधिका शाक्यसहित सोमबार बेलुका फिल्म ‘महाजात्रा’ हेरेका छन् । सुन्धारा स्थित सिने डी सेफमा फिल्म हेरेपछि उनले फिल्मलाई १० नम्बर मा ९.५ नम्बर दिए ।

उनले फिल्मलाई १० मा १० अङ्क दिन केही राजनीतिका विषयले रोकेको बताए । ‘फिल्म राम्रो बन्न सन्देश दिने कथा र त्यसलाई सम्प्रेषण गर्ने अभिनय चाहिन्छ, यी दुवै पक्ष महाजात्रामा सशक्त छन् । 

Shivam Cement

यसले बाटो बिराएकालाई सही मार्गमा हिँड्न प्रेरणा दिन्छ’, अध्यक्ष ओलीले भने,‘यसले पहिलो हाफमा मनोरञ्जन र दोस्रो हाफमा सन्देश दिएको छ । फिल्म काल्पनिक कथामा बन्छ र राजनीति यथार्थमा चल्छ । त्यसकारण फिल्मबाट गलत कार्यमा लागेकालाई सही बन्न प्रेरणा मिल्छ ।’

Nabil bank

अध्यक्ष ओलीसँगै ईश्वर पोखरेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली, रघुजी पन्त, कोमल ओलीलगायतका ४० नेताले फिल्म हेरेका थिए । फिल्म अवधिभर मनोरञ्जनसँगै सन्देश पनि प्राप्त गरेको गायिका तथा नेत्री कोमल ओलीले बताइन् ।

‘फिल्मको सुरुआत देखि नै म हाँसी रहे । यसले भ्रष्टाचार विरोधी भावना उजागर गर्नुपर्छ, राजनीति गर्नेले सही रूपमा राजनीति गर्नुपर्छ भन्ने सन्देश दिएको छ । मैले यो शृङ्खलाका सबै फिल्म हेरेकी छु, यसमा महिलालाई सम्मान गरेर बनाइएको छ’, नेत्री ओलीले भनिन् ।

अध्यक्ष ओलीसहित फिल्म हेर्न उपस्थित सम्पूर्ण नेतालाई निर्देशक प्रदीप भट्टराई, अभिनेता हरिवंश आचार्य, विपिन कार्की, रवीन्द्र सिंह बानियाँ, अरविन खड्का लगायतले भेटेर धन्यवाद दिएका थिए ।

षट्कोण आर्ट्सले निर्माण गरेको ‘जात्रा’शृङ्खलाको तेस्रो भाग ‘महाजात्रा’ ले तीन दिनमा चार करोड २६ लाख रुपैयाँको ग्रस कलेक्सन गरेको छ । 

निर्माण पक्षले पहिलो दिन एक करोड २३ लाख, दोस्रो दिन एक करोड ८३ लाख र तेस्रो दिन एक करोड २० लाख रुपैयाँको ग्रस कलेक्सन गरेको जानकारी दिएको छ ।

गत चैत ९ गतेबाट नेपालसँगै विश्वभर एकसाथ रिलिज फिल्ममा प्रदीप भट्टराईको लेखन तथा निर्देशन छ ।  फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ । फिल्मम्याक्स दीपेशखत्री र यज्ञश्वर पौडेलले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

Nobel Medical college

पुनम हमाल

छुटाउनुभयो कि ?

नेपाली खेलकुदमा दुई धार : सफलताको खुशी र हारको निराशा

नेपाली खेलकुदमा यो साता दुईवटा फरक धार देख्न सकियो। विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै सबैको मन जित्यो भने अर्कोतर्फ टी-२० विश्वकप क्रिकेटमा बंगलादेशसँग पराजित भई प्रतियोगिताबाट बाहिरिनु…

चक्रपथ विस्तारमा चासो : काठमाडौं सांसदहरूद्वारा प्रश्न

काठमाडौं, काठमाडौं उपत्यकाको प्रमुख सडक मार्ग चक्रपथ विस्तार आयोजनाप्रति चासो र प्रश्नहरू उठाइएका छन्। राजधानीका विभिन्न निर्वाचन क्षेत्रबाट निर्वाचित प्रतिनिधि सभा सदस्यहरूले यस विस्तार योजनामा देखिएका केही विवाद र अव्यवस्थाप्रति…

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?

नेपाली खेलकुदमा उतारचढाव

नेपाली खेलकुदमा उतारचढाव

नेपाली खेलकुदमा दुई धार : सफलताको खुशी र हारको निराशा

नेपाली खेलकुदमा दुई धार : सफलताको खुशी र हारको निराशा

चक्रपथ विस्तारमा चासो : काठमाडौं सांसदहरूद्वारा प्रश्न

चक्रपथ विस्तारमा चासो : काठमाडौं सांसदहरूद्वारा प्रश्न

दुधको रकम नपाएपछि दुग्ध उत्पादक किसानको आन्दोलन

दुधको रकम नपाएपछि दुग्ध उत्पादक किसानको आन्दोलन

असन्तुष्टि : सरकारको बजेटप्रस्ताव विवादमा

असन्तुष्टि : सरकारको बजेटप्रस्ताव विवादमा

विपद्‌ : ताप्लेजुङमा पहिरो र बाढीले ८१ परिवार विस्थापित (Taplejungma Pahilo ra Batule 81 Pariwar Wistthapit)

विपद्‌ : ताप्लेजुङमा पहिरो र बाढीले ८१ परिवार विस्थापित (Taplejungma Pahilo ra Batule 81 Pariwar Wistthapit)

पृथ्वी जोगाउने प्रण गरौं

पृथ्वी जोगाउने प्रण गरौं

७२ जिल्लामा फैलियो डेंगी, मुलुकभर १२ सयभन्दा बढी संक्रमित

७२ जिल्लामा फैलियो डेंगी, मुलुकभर १२ सयभन्दा बढी संक्रमित