मोरङमा नेपाली नागरिकता परित्याग गर्नेको सङ्ख्या बढ्यो

मोरङ । स्थायी रूपमा बसोबास गर्ने उद्देश्यका साथ विदेश जानेहरू बढेसँगै नेपाली नागरिकता परित्याग गर्नेको सङ्ख्यामा पनि वृद्धि भएको छ । परिवारसहित विदेशमा व्यवस्थित बसोबास गर्नका लागि नागरिकता त्याग्नेको सङ्ख्या बर्सेनि बढ्दै गएको हो । 

मोरङमा चालु आर्थिक वर्षको आठ महिनामा नेपाली नागरिकता परित्याग गर्नेको सङ्ख्या ५८ पुगेको छ । जबकि अघिल्लो आर्थिक वर्षमा १८ जनाले नागरिकता परित्याग गरेका थिए । मोरङ प्रशासनले २०६६ सालदेखि मात्र नागरिकता परित्याग गर्नेको विवरण व्यवस्थित तवरले राख्न थालेको हो । 

Shivam Cement

त्यसयता हालसम्म १८४ जनाले नागरिकता त्यागेको प्रशासनले जनाएको छ । मोरङ प्रशासन नागरिकता फाँटका कर्मचारी सुमन निरौलाले गत वर्षको भन्दा यस वर्ष नागरिकता परित्याग गर्नेको सङ्ख्या बढेको बताए । उनले गत वर्षसम्म भारतमा विवाह गरी जाने र उतै बस्ने भएकाले नागरिकता परित्याग गर्नेहरू मात्रै हुने गरे पनि यस वर्षबाट भने गैरआवासीय नेपाली नागरिकहरूले नागरिकता लिन पाउने भएपछि एनआरएन नागरिक लिन नेपाली नागरिकता परित्याग गर्नेहरू बढेको बताए । एनआरएनको नागरिकता लिनेहरूमा महिला र पुरुषको सङ्ख्या बराबर रहेको उनले बताए । 

Nabil bank

वैवाहिक सम्बन्ध, पठनपाठन र रोजगारी लगायतका कारणले जिल्ला प्रशासन कार्यालयमा नागरिकता परित्यागको माग गर्दै निवेदन दिनेको सङ्ख्या बढ्दो छ । विषेशगरी अमेरिका, अस्ट्रेलिया र युरोपियन मुलुक जाने र त्यहाँको नागरिकता लिएपछि नेपालको नागरिकता त्याग्ने गरेको पाइएको कार्यालयले जनाएको छ 

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप साहले विदेशको नागरिकता लिने प्रक्रियामा गएपछि नेपाली नागरिकता त्याग गरेपछि मात्रै अन्य देशको नागरिकता पाइने भएकाले पनि त्याग गर्नेहरूको सङ्ख्या बढेको देखिएको बताए । त्यसबाहेक भारतीय नागरिक बन्नका लागि पनि नेपाली नागरिकता परित्याग गर्ने गरेको पाइएको प्रमुख जिल्ला अधिकारी साहले बताए । 

युरोप, अमेरिका लगायत विकसित मुलुकमा बस्ने मोहका कारण पनि नेपाली नागरिकता परित्याग गर्नेहरूको ग्राफ उकालो लागेको छ । झट्ट हेर्दा सङ्ख्या थोरै देखिए पनि मुलुकभर वार्षिक रूपमा भने करिब आठ सय बढीले नागरिकता परित्यागका लागि निवेदन दिने गरेका छन् । —न्युज एजेन्सी नेपाल

Nobel Medical college

पुनम हमाल

छुटाउनुभयो कि ?

टेलिकमलाई नयाँ लाइसेन्स दिन निर्देशन

काठमाडौँ — सरकारले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) लाई जीएसएम सेलुलर मोबाइल सेवाको नयाँ अनुमतिपत्र प्रदान गर्न नियामक नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ । मन्त्रिपरिषद् बैठकले बिहीबार नेपाल टेलिकमको…

बाल मन्दिरको जग्गा हिनामिनामा २० जनालाई पक्राउ पुर्जी

पुर्जी जारी भएका मध्ये चिरञ्जीवी तिवारी, मनोहरगोपाल श्रेष्ठ र सुमन शाक्यको निधन २०४९ मा बृहस्पति विद्यासदनलाई ४ वर्षका लागि भनेर ९ रोपनी जग्गा भाडामा लगाएको बाल संगठनले २०७२ मा बदनियतपूर्वक…

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?

टेलिकमलाई नयाँ लाइसेन्स दिन निर्देशन

टेलिकमलाई नयाँ लाइसेन्स दिन निर्देशन

बाल मन्दिरको जग्गा हिनामिनामा २० जनालाई पक्राउ पुर्जी

बाल मन्दिरको जग्गा हिनामिनामा २० जनालाई पक्राउ पुर्जी

विश्वकपका लागि सन्न्यास फिर्ता लिए आमिरले

विश्वकपका लागि सन्न्यास फिर्ता लिए आमिरले

तराईको होली : १५ दिनसम्म मिथिलाको परिक्रमा

तराईको होली : १५ दिनसम्म मिथिलाको परिक्रमा

मैत्रीपूर्ण खेलमा जर्मनीसँग फ्रान्स २–० ले पराजित

मैत्रीपूर्ण खेलमा जर्मनीसँग फ्रान्स २–० ले पराजित
गजल

ज्योति विकास बैंकद्वारा वित्तीय साक्षरताका विभिन्न कार्यक्रम सम्पन्न

ज्योति विकास बैंकद्वारा वित्तीय साक्षरताका विभिन्न कार्यक्रम सम्पन्न

हुम्लामा ८२ प्रतिशत बालबालिकाले लगाए खोप

हुम्लामा ८२ प्रतिशत बालबालिकाले लगाए खोप