बाल मन्दिरको जग्गा हिनामिनामा २० जनालाई पक्राउ पुर्जी

पुर्जी जारी भएका मध्ये चिरञ्जीवी तिवारी, मनोहरगोपाल श्रेष्ठ र सुमन शाक्यको निधन

२०४९ मा बृहस्पति विद्यासदनलाई ४ वर्षका लागि भनेर ९ रोपनी जग्गा भाडामा लगाएको बाल संगठनले २०७२ मा बदनियतपूर्वक पूरक सम्झौता गरी भाडा अवधि २१३१ सम्म पुर्‍याएको थियो

बृहस्पतिद्वारा २०७६ मा भारतीय बोर्डबाट सञ्चालित राई स्कुललाई शंकास्पद रूपमा बाल मन्दिरकै ५ रोपनीमा सञ्चालन गर्न पाउने गरी ५० वर्षका लागि भाडामा

काठमाडौँ — नक्सालस्थित बाल मन्दिरको जग्गा हिनामिना प्रकरणमा नेपाल बाल संगठनका तत्कालीन अध्यक्ष रीता सिंह वैद्यसहित २० जनाविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको छ । जग्गा हिनामिनामा संलग्नविरुद्ध बाल संगठनले ठगीमा जाहेरी दिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बिहीबार काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएर अनुसन्धान अघि बढाएको हो । 

बाल मन्दिरको भौतिक संरचनामा रहेका केहि व्यक्तिहरूको संगठनका पदाधिकारीहरूको आरोपलाई बेहोस गर्नका लागि अभियान गरिएको छ।

पक्राउ पुर्जी जारी भएकामा संगठनकी तत्कालीन अध्यक्ष वैद्य, तत्कालीन उपाध्यक्ष तुलसीनारायण श्रेष्ठ र योगेन्द्रबहादुर शाही, तत्कालीन ५ महासचिव श्यामकुमार आले, गणेशभक्त श्रेष्ठ, सुवासकुमार पोखरेल, प्रचण्डराज प्रधान र रामकाजी कोने, तत्कालीन उपमहासचिव सुमन शाक्य, तत्कालीन सदस्य एवं स्रोत तथा परिचालन उपसमिति संयोजक कृष्णशंकर साह, तत्कालीन कोषाध्यक्ष मनोहरगोपाल श्रेष्ठ र तत्कालीन उपकोषाध्यक्ष दीपकदास श्रेष्ठ छन्।

बाल संगठनका पदाधिकारी र कर्मचारीलाई आर्थिक प्रभावमा पारी जग्गा हत्याएको आरोपमा बृहस्पति विद्यालय व्यवस्थापन प्रालिका अध्यक्ष पुरुषोत्तमराज जोशी, तत्कालीन अध्यक्ष चिरञ्जीवी तिवारी, सञ्चालकहरू प्रवीणराज जोशी, मुरारीनिधि तिवारी, श्रद्धा संघाई, अभिनव सिंघानिया, सिद्धार्थ केडिया र हाल बृहस्पतिकै सञ्चालक तथा तत्कालीन राई स्कुलका व्यवस्थापक कीर्तिप्रसाद पाण्डेविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ। तीमध्ये चिरञ्जीवी तिवारी, मनोहरगोपाल श्रेष्ठ र सुमन शाक्यको भने निधन भइसकेको छ।

बाल मन्दिरको जग्गा राणा प्रधानमन्त्री भीमशमशेरका परिवारलाई पञ्चायतकालमै मुआब्जा दिएर सरकारले अधिग्रहण गरेको थियो। सरकारी/सार्वर्जनिक प्रयोजनका लागि तत्कालीन सरकारले राणाकालीन ऐतिहासिक दरबार ‘सीता भवन’ का नामले परिचित नक्सालको १ सय १९ रोपनी १२ आना ३ पैसा जग्गा र त्यसमा बनेका भौतिक संरचना अधिग्रहण गरेको थियो।

२०२१ मंसिर १७ को राजपत्रअनुसार हाल प्रहरी प्रधान कार्यालय रहेको महावीर भवन, हाल प्रधानमन्त्री निवास र राष्ट्र बैंकसहितका संरचना भएको ललिता निवास, भैरवनाथ गण भएको तत्कालीन लक्ष्मी निवास, बबरमहल (कुरिया गाउँ) र पुल्चोकस्थित हरिहर भवन (हाल मन्त्री निवाससहितका संरचना) गरी ६ वटा दरबार मुआब्जा दिएर व्यक्तिबाट सरकारका नाममा ल्याइएको थियो।

यसरी अधिग्रहण भएका दरबारमध्ये सीता भवनलाई बेसहारा र असहाय बालबालिकाको लालनपालन, संरक्षण र शिक्षादीक्षाका लागि बाल मन्दिर नामकरण गरी सार्वजनिक हितका लागि प्रयोग गरिँदै आएको थियो।

२०४८ को निर्वाचनपछि बनेको सरकारले बाल मन्दिर र यस मातहत देशभरका जग्गा तथा भौतिक संरचनालाई नेपाल बाल संगठन स्थापना गरी सोही मातहत राखेको थियो।

संगठनको स्थापनाकालमा वैद्यलाई तत्कालीन सरकारले अध्यक्ष बनाएकामा उनी २०७६ सम्म २७ वर्ष सोही पदमा कार्यरत रहिन्। वैद्य कांग्रेस नेता गणेशमान सिंहकी छोरी र कांग्रेस नेता तथा सांसद प्रकाशमान सिंहकी दिदी हुन्। वैद्यले राजनीतिक शक्तिकै आडमा बाल मन्दिरको जग्गा दोहन गरेको संगठनका एक पदाधिकारीले बताए।

वैद्य अध्यक्ष भएलगत्तै बाल मन्दिरको जग्गा कौडीको भाउमा लिजमा दिन सुरु गरिएको थियो। बाल संगठनले २०४९ वैशाख २६ मा बृहस्पतिलाई संगठनको कित्ता नम्बर ७६० को ९ रोपनी जग्गा र घर/टहरा २०५३ माघ १० सम्म भाडामा दिने सम्झौता गरेको थियो। त्यसबखत गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री र शेरबहादुर देउवा गृहमन्त्री थिए। त्यसको वार्षिक भाडा दर ४२ लाख १६ हजार ६ सय ८ रुपैयाँ तोकिएको थियो। अग्रिम भुक्तानी दिए भाडा रकममा २० प्रतिशत छुट दिने अतिरिक्त बुँदासमेत सम्झौतामा थियो। तर, बृहस्पतिले लिजबापत कहिले कति रकम कुन माध्यमबाट संगठनलाई भुक्तानी दियो भन्ने व्यवस्थित अभिलेख नै नरहेको संगठनले जनाएको छ। अभिलेख व्यवस्थित रूपमा नराखिनुको कारण आर्थिक अनियमितताको आशंका रहेको संगठनका एक अधिकारीले बताए।

चार वर्षका लागि भनेर छिरेको बृहस्पतिलाई लिज अवधि बढाउँदै लगेकोमा २०५८ जेठ ८ मा थप ५ रोपनी २ आना जग्गा दिइयो। २०५७ माघ ६ मा बाल संगठनसँग बृहस्पतिले २ रोपनी मात्रै मागेको थियो। २०५९ साउन २१ मा थप १३ रोपनी ३० वर्षका लागि लिजमा लिन बृहस्पतिले प्रस्ताव गरेको थियो। साउन ३० मै बसेको बाल संगठनको बैठकले महासचिव रामकाजी कोनेमार्फत कित्ता नम्बर ७६० अन्तर्गतको थप १३ रोपनी १२ आना १ पैसा २०८८ सम्मका लागि बृहस्पतिलाई भाडामा दिने गरी अख्तियारी प्रदान गरिएकोमा भदौ ११ मा संगठन र बृहस्पतिबीच ३० वर्षका लागि सम्झौता भएको थियो।

३० वर्षे सम्झौता हुँदा प्रत्येक २ वर्षमा ५ प्रतिशतका दरले भाडा वृद्धि हुने तर सुरु र अन्तिम ५/५ वर्ष बढेको भाडा तिर्नु नपर्ने उल्लेख थियो। सम्झौताको म्याद २०८८/०८९ सम्म थियो। तर, म्याद सकिन १६ वर्ष अगावै २०७२ जेठ २१ मा संगठनले प्रतिवर्ग फिट ६ रुपैयाँ कायम गरी बाल मन्दिरको २९ रोपनी ४ आना बृहस्पतिलाई भाडामा दिने सम्झौता गर्‍यो। बृहस्पतिलाई २०८९ पछिको थप ४३ वर्ष (२१३१ सालसम्म) पनि बाल मन्दिरमै बस्न पाउने सम्झौता भएको थियो। सोही विषयमा अहिले ठगीमा अनुसन्धान अघि बढेको हो।

Source: Kantipur

बाल मन्दिरको जग्गा अधिग्रहण बाल संगठनको संविधानका अनुसार गरिएको हुनुपर्दछ।

छुटाउनुभयो कि ?

नेपाली खेलकुदमा दुई धार : सफलताको खुशी र हारको निराशा

नेपाली खेलकुदमा यो साता दुईवटा फरक धार देख्न सकियो। विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै सबैको मन जित्यो भने अर्कोतर्फ टी-२० विश्वकप क्रिकेटमा बंगलादेशसँग पराजित भई प्रतियोगिताबाट बाहिरिनु…

चक्रपथ विस्तारमा चासो : काठमाडौं सांसदहरूद्वारा प्रश्न

काठमाडौं, काठमाडौं उपत्यकाको प्रमुख सडक मार्ग चक्रपथ विस्तार आयोजनाप्रति चासो र प्रश्नहरू उठाइएका छन्। राजधानीका विभिन्न निर्वाचन क्षेत्रबाट निर्वाचित प्रतिनिधि सभा सदस्यहरूले यस विस्तार योजनामा देखिएका केही विवाद र अव्यवस्थाप्रति…

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?

नेपाली खेलकुदमा उतारचढाव

नेपाली खेलकुदमा उतारचढाव

नेपाली खेलकुदमा दुई धार : सफलताको खुशी र हारको निराशा

नेपाली खेलकुदमा दुई धार : सफलताको खुशी र हारको निराशा

चक्रपथ विस्तारमा चासो : काठमाडौं सांसदहरूद्वारा प्रश्न

चक्रपथ विस्तारमा चासो : काठमाडौं सांसदहरूद्वारा प्रश्न

दुधको रकम नपाएपछि दुग्ध उत्पादक किसानको आन्दोलन

दुधको रकम नपाएपछि दुग्ध उत्पादक किसानको आन्दोलन

असन्तुष्टि : सरकारको बजेटप्रस्ताव विवादमा

असन्तुष्टि : सरकारको बजेटप्रस्ताव विवादमा

विपद्‌ : ताप्लेजुङमा पहिरो र बाढीले ८१ परिवार विस्थापित (Taplejungma Pahilo ra Batule 81 Pariwar Wistthapit)

विपद्‌ : ताप्लेजुङमा पहिरो र बाढीले ८१ परिवार विस्थापित (Taplejungma Pahilo ra Batule 81 Pariwar Wistthapit)

पृथ्वी जोगाउने प्रण गरौं

पृथ्वी जोगाउने प्रण गरौं

७२ जिल्लामा फैलियो डेंगी, मुलुकभर १२ सयभन्दा बढी संक्रमित

७२ जिल्लामा फैलियो डेंगी, मुलुकभर १२ सयभन्दा बढी संक्रमित