भित्ता तक्मा र विभूषणले सजाएको छ
परन्तु तल गरिबीले मानवता लजाएको छ 

‘समृद्ध नेपाल सुखी नेपाली’ को नारा लगाउँदा लगाउँदै
पत्रिकामा कसैको तक्मा लिलामीको सूचना आएको छ

टारीखेत रित्तै, घरगोठ रित्तै, सिङ्गो गाऊँ वृद्धाश्रम बनिरहँदा
छोरा पर्खेका बाआमालाई सरकारले एउटा बाकस बुझाएको छ

यता लोकतन्त्र वा: वा: नै छ, उता अर्थतन्त्र चाउरियो त के भो
देशलाई सुनको लङ्का बनाउँदै गणतन्त्र फस्टाएको छ

शहीदका फोटो हटाई नेताका फोटो धमाधम झुन्ड्याउँदै
चुनावको बहाना नै सही, यहाँ बुद्धको देश बहुलाएको छ

✍ लेखक: प्रवल अधिकारी