मोरङमा नेपाली नागरिकता परित्याग गर्नेको सङ्ख्या बढ्यो

मोरङ । स्थायी रूपमा बसोबास गर्ने उद्देश्यका साथ विदेश जानेहरू बढेसँगै नेपाली नागरिकता परित्याग गर्नेको सङ्ख्यामा पनि वृद्धि भएको छ । परिवारसहित विदेशमा व्यवस्थित बसोबास गर्नका लागि नागरिकता त्याग्नेको सङ्ख्या बर्सेनि बढ्दै गएको हो । 

मोरङमा चालु आर्थिक वर्षको आठ महिनामा नेपाली नागरिकता परित्याग गर्नेको सङ्ख्या ५८ पुगेको छ । जबकि अघिल्लो आर्थिक वर्षमा १८ जनाले नागरिकता परित्याग गरेका थिए । मोरङ प्रशासनले २०६६ सालदेखि मात्र नागरिकता परित्याग गर्नेको विवरण व्यवस्थित तवरले राख्न थालेको हो । 

Shivam Cement

त्यसयता हालसम्म १८४ जनाले नागरिकता त्यागेको प्रशासनले जनाएको छ । मोरङ प्रशासन नागरिकता फाँटका कर्मचारी सुमन निरौलाले गत वर्षको भन्दा यस वर्ष नागरिकता परित्याग गर्नेको सङ्ख्या बढेको बताए । उनले गत वर्षसम्म भारतमा विवाह गरी जाने र उतै बस्ने भएकाले नागरिकता परित्याग गर्नेहरू मात्रै हुने गरे पनि यस वर्षबाट भने गैरआवासीय नेपाली नागरिकहरूले नागरिकता लिन पाउने भएपछि एनआरएन नागरिक लिन नेपाली नागरिकता परित्याग गर्नेहरू बढेको बताए । एनआरएनको नागरिकता लिनेहरूमा महिला र पुरुषको सङ्ख्या बराबर रहेको उनले बताए । 

Nabil bank

वैवाहिक सम्बन्ध, पठनपाठन र रोजगारी लगायतका कारणले जिल्ला प्रशासन कार्यालयमा नागरिकता परित्यागको माग गर्दै निवेदन दिनेको सङ्ख्या बढ्दो छ । विषेशगरी अमेरिका, अस्ट्रेलिया र युरोपियन मुलुक जाने र त्यहाँको नागरिकता लिएपछि नेपालको नागरिकता त्याग्ने गरेको पाइएको कार्यालयले जनाएको छ 

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप साहले विदेशको नागरिकता लिने प्रक्रियामा गएपछि नेपाली नागरिकता त्याग गरेपछि मात्रै अन्य देशको नागरिकता पाइने भएकाले पनि त्याग गर्नेहरूको सङ्ख्या बढेको देखिएको बताए । त्यसबाहेक भारतीय नागरिक बन्नका लागि पनि नेपाली नागरिकता परित्याग गर्ने गरेको पाइएको प्रमुख जिल्ला अधिकारी साहले बताए । 

युरोप, अमेरिका लगायत विकसित मुलुकमा बस्ने मोहका कारण पनि नेपाली नागरिकता परित्याग गर्नेहरूको ग्राफ उकालो लागेको छ । झट्ट हेर्दा सङ्ख्या थोरै देखिए पनि मुलुकभर वार्षिक रूपमा भने करिब आठ सय बढीले नागरिकता परित्यागका लागि निवेदन दिने गरेका छन् । —न्युज एजेन्सी नेपाल

Nobel Medical college

पुनम हमाल

छुटाउनुभयो कि ?

भारत-नेपाल सम्बन्ध: ऐतिहासिक गाँठो

भारत र नेपालबीचको सम्बन्ध ऐतिहासिक, सांस्कृतिक र धार्मिक रूपमा गाँसिएको छ। खुला सिमाना, जनस्तरको घनिष्ठ सम्बन्ध, र विविध क्षेत्रमा सहकार्यले यी दुई देशबीचको सम्बन्धलाई विशेष बनाएको छ। सहकारिताका क्षेत्रहरू चुनौतीहरू…

संक्रमणकालीन न्याय : नेपालको चुनौती

नेपालले सशस्त्र द्वन्द्वको अन्त्यपछि संक्रमणकालीन न्यायको जटिल बाटो पार गरिरहेको छ। यस प्रक्रियामा सत्य, न्याय, क्षतिपूर्ति र पुनर्मिलनका मुद्दाहरू समावेश छन्। चुनौतीपूर्ण यात्रा पीडितको अपेक्षा सबैभन्दा महत्वपूर्ण कुरा पीडितहरूले न्याय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?

शेख हसिना बंगलादेशबाट भाग्नु अघि राजीनामा दिएकी थिइनन्, छोरा साजिब वाजेदको दाबी

शेख हसिना बंगलादेशबाट भाग्नु अघि राजीनामा दिएकी थिइनन्, छोरा साजिब वाजेदको दाबी

विनेश फोगाटको ओलम्पिक सपना आज पूरा हुन्छ कि टुक्रिन्छ ?

विनेश फोगाटको ओलम्पिक सपना आज पूरा हुन्छ कि टुक्रिन्छ ?

भारत-नेपाल सम्बन्ध: ऐतिहासिक गाँठो

भारत-नेपाल सम्बन्ध: ऐतिहासिक गाँठो

संक्रमणकालीन न्याय : नेपालको चुनौती

संक्रमणकालीन न्याय : नेपालको चुनौती

चुनौतीपूर्ण बनेको मनसुन

चुनौतीपूर्ण बनेको मनसुन

नेपाली खेलकुदमा उतारचढाव

नेपाली खेलकुदमा उतारचढाव

नेपाली खेलकुदमा दुई धार : सफलताको खुशी र हारको निराशा

नेपाली खेलकुदमा दुई धार : सफलताको खुशी र हारको निराशा

चक्रपथ विस्तारमा चासो : काठमाडौं सांसदहरूद्वारा प्रश्न

चक्रपथ विस्तारमा चासो : काठमाडौं सांसदहरूद्वारा प्रश्न